ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँ पालिका सुनसरीमा बीमा सचेतना तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश र हरिनगर गाउँपालिका बीच बीमा प्रवद्र्धनात्मक अन्र्तकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । >
>
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले प्राकृतिक प्रकोप तथा अन्य जोखिम ग्रस्त यस पालिका भित्र बीमाको अति आवश्यक रहेको बताउँदै अगामी बजेटमा बीमा कार्यक्रमका लागि बजेट बिनियोजन गरिने बताउनु भएको थियो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका उपनिर्देशक विनोद कुमार भुर्तैलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , वडाध्यक्षहरु , जनप्रतिनिधिहरु , विषयगत फाँटका प्रमुख तथा कर्मचारीहरु , किसानका अगुवाहरु लगायतका उपस्थिति रहेका थिए । सो कार्यक्रममा बीमा सम्बन्धि जानकारी तथा भौगोलिक अनुसार हरिनगर पालिकामा जोखिम अनुसार बीमाको अपरिहार्यताबारे व्यापक छलफल भएको थियो ।
>>