सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा गाउँ पालिका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा मंगलबार सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । > गाउँ सभा तथा अधिवेशनमा उपाध्यक्ष रिमझिम कुमारी भगतले आर्थिक वर्ष २०८२/०८३ काे निति , कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गर्नुभएको आगामी आ.व. २०८२।०८३ का लागि आय तर्फ संघीय सरकार वित्तिय समानिकरण १२ करोड २४ लाख, सशर्त अनुदान २८ करोड ५ लाख, समपुरक अनुदान २ करोड २० लाख, राजश्व बाँडफाँड तर्फ १० करोड ९२ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान १ करोड १६ लाख १६ हजार, सशर्त अनुदान १ करोड ६ लाख ५ हजार, राजश्व बाँडफाड तर्फ सवारी साधन कर ४५ लाख, घर जग्गा रजिष्ट्रेशन ५० लाख, समपुरक अनुदान ९४ लाख र गा.पा. को आन्तरिक श्रोत तर्फ १ करोड १ लाख ७० हजार सहित जम्मा ५८ करोड ५४ लाख २ हजार आय प्रस्ताव गरिएको छ भने व्यय तर्फ चालू खर्च ४१ करोड ११ लाख र पूँजीगत खर्च १७ करोड ४३ लाख २ हजार गरी जम्मा ५८ करोड ५४ लाख २ हजार व्यय प्रस्ताव गरेको छ ।> चालु आ.व. २०८१।८२ का लागि आय तर्फ संघीय सरकार वित्तिय समानिकरण १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार, समपुरक अनुदान १ करोड १० लाख, राजश्व बाँडफाँड तर्फ रु १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ७९ लाख ४८ हजार, सशर्त अनुदान रु ३९ लाख ३३ हजार, राजश्च बाँडफाड सवारी साधन कर ४४ लाख ८८ हजार, घर जग्गा रजिष्ट्रेशन ८० लाख, समपुरक अनुदान १ करोड र गा.पा. को आन्तरिक श्रोत तर्फ अ.ल्या सहित २ करोड ४५ लाख ४६ हजार ८ सय ९७ रुपैया सहित जम्मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैया ७६ पैसा आय प्रस्ताव गरिएको छ भने व्यय तर्फ चालु खर्चमा ३८ करोड ७ लाख ९३ हजार २ सय ५६ रुपैया ७६ पैसा र पुँजिगत तर्फ १६ करोड १२ लाख ७७ हजार ६ सय ४१ रुपैया गरी जम्मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैया ७६ पैसा व्यय प्रस्ताव गरिएकोमा हाल सम्म ४९ करोड ९७ लाख ४८ हजार ६ सय ६४ रुपैया ४८ पैसा आय प्राप्त भएको छ भने व्यय तर्फ चालु खर्चमा २६ करोड ५४ लाख ४३ हजार ७ सय १५ रुपैया ४५ पैसा खर्च भएको जनाएको छ। हाल सम्मको जम्मा खर्चको प्रगति ६६.६६ प्रतिशत रहेको छ। यस आवमा संघीय तथा प्रदेश सरकारबाट बजेट कटौति भएकोले चालु तथा पूँजीगत खर्च लक्ष अनुसार हुन नसकेको जनाएको छ।> सभामा प्रमुख प्रशासकीय अधिकृत राेहणी आचार्य , वडा अध्यक्षहरु , कार्यापालिका सदस्यहरु र कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।>>>
>>
सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न
प्रतिक्रिया
ताजा समाचार
संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
१९ अशोज २०८३
संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
१९ अशोज २०८३
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३