>
हरिनगर गाउँपालिका सुनसरी जिल्लाको सदरमुकाम इनरुवादेखि भारतीय सीमासम्म जोडिएको गाउँपालिका हो । ५२.२९ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका सात वटा वडामा विभाजन गरिएको छ । अघिल्लो पटक तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित हुनुभएका हाजी गफार अन्सारी मियाँ २०७९ सालमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष हाजी गफार अन्सारी मियाँसँग गाउँपालिकाका विकास कार्य, सम्भावना र चुनौतीबारे गोरखापत्रका जयकृष्ण यादवले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । >
तपाईंको यो दोस्रो कार्यकाल हो । छ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ, गाउँपालिकाको विकासमा के फरक आयो ? >
स्थानीय तह सङ्घीय संरचना अनुसार एउटा शक्तिशाली र एक स्वायत्त निकाय हो । त्यसै अनुरूप विकास निर्माण र सेवा प्रवाहलाई सहज बनाउने प्रयास भएको छ । गाउँपालिकामा भएको सीमित स्रोतसाधनलाई सही सदुपयोग गर्दै जनताको असीमित माग, इच्छा, चाहना, आवश्यकता परिपूर्ति गर्नुपर्ने भएकाले आफू निरन्तर रूपमा लागि परेको छु । यो अवधिमा दुई सयभन्दा बढी बाटो निर्माण भएका छन् । हाम्रो गाउँपालिकामा ४५ किलोमिटर बाटो कालोपत्रे भएको छ । गाउँ गाउँ टोल टोलमा सवारीसाधन पुग्ने अवस्था भएको छ । विद्यालयको स्तरोन्नति भएको छ, क्याम्पस सञ्चालन भएको छ, स्वास्थ्य संस्था वडा वडामा पुगेको छ । १८ वटा कालोपत्रे सडक, छ वटा कल्भर्ट, पाँच वटा वडामा प्रशासनिक भवन, पाँच वटा स्वास्थ्य भवन, छ वटा मन्दिर र मस्जिद निर्माण भएका छन् ।>
यो गाउँपालिका शिक्षामा निकै पछाडि छ । शिक्षातर्फ के के सुधार आए ?>
हाम्रो गाउँपालिकाका सात वडामध्ये सबैमा विद्यालय भए पनि तीन वटा वडामा मात्रै माध्यमिक तहको पढाइ हुन्थ्यो । अरू दुई वडा कक्षा आठसम्म पढाइ भइरहेको थियो । अहिले दुई वटा वडामा प्राविधिक धारसहितको कक्षा १२ सम्म पढाइ हुन्छ । मदरसासहित गरेर सामान्यतर्फ कक्षा १२ सम्मका विद्यालय चार वटा वडामा छन् । २०७९ सालदेखि हरिनगरा बहुमुखी क्याम्पस सञ्चालनमा ल्यायौँ । शिक्षा शास्त्र र व्यवस्थापन शास्त्रतर्फको स्नातक तहको पढाइ सुरु भएको छ । अहिले सबै वडामा सामुदायिक तथा संस्थागत गरी माध्यमिक तहको विद्यालय सञ्चालन भइरहेको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयलाई व्रmममा कक्षा आठसम्म स्तरोन्नति गरिएको छ ।>
चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यव्रmममा विकासका लागि कस्ता कार्यव्रmम अगाडि सार्नुभएको छ ?>
हरिनगर गाउँपालिका आन्तरिक आम्दानीका हिसाबले कमजोर छ तर पनि शिक्षा, स्वास्थ्य, कृषि, युवा स्वरोजगार र रोजगारी, पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा दीर्घकालीन योजनासहित कार्यव्रmम अगाडि बढाइएका छन् । कृषिका लागि दीर्घकालीन योजना बनाइ अगाडि बढ्ने योजनासहित कृषिमा यान्त्रिकीकरण, व्यावसायीकरण र आधुनिकीकरण गर्ने भनेर हामी लागेका छौँ । नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा विद्युतीय सिँचाइ सञ्चालन गर्न लाग्ने आठ करोडमध्ये चार करोड रुपियाँ गाउँपालिकाले लगानी गर्ने गरी बजेट ल्याएका छौँ । धान, गहुँ र मकै काट्ने दाउनी गर्ने मेसिनको व्यवस्था मिलाएको र यसलाई निरन्तरता दिने बजेट, नीति तथा कार्यव्रmममा समेटिएको छ ।>
तपाईंले कृषिमा बढी जोड दिएको दाबी गर्दै आउनुभएको छ । यसका लागि गाउँपालिकाले थप के के गर्दैछ ? >
यो कृषि पेसामा आश्रित जनसङ्ख्या ९० प्रतिशत भएको क्षेत्र भएकाले कृषि ग्रामका रूपमा चिनाउने प्रयासमा छौँ । विगतमा पनि धान, गहुँ, मकैसहितको खाद्यान, उखु, जुटसहितको नगदे बाली र तरकारी बाली उत्पादन हुने क्षेत्र भए पनि बाटो घाटोको समस्याले बजारसम्म लैजान समस्या थियो, अहिले सहज भएको छ । कृषि उत्पादनलाई वृद्धि एवं बजारीकरण गर्ने, कृषिलाई थप प्रभावकारी बनाउन अनुदानमा कृषि उपकरण, तालिम र भण्डारणका लागि भण्डार निर्माणमा लागेका छौँ ।>
स्थानीय तह सङ्घीय संरचना अनुसार एउटा शक्तिशाली र एक स्वायत्त निकाय हो । त्यसै अनुरूप विकास निर्माण र सेवा प्रवाहलाइ सहज बनाउने प्रयास भएको छ ।
>
>>