मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |
मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार २९ श्रावण २०८०
हरिनगर गाउँपालिकालाई कृषि ग्रामका रूपमा चिनाउने प्रयासमा छौँ ः पालिका अध्यक्ष गफार अन्सारी मियाँ

ATN khabar

हरिनगर गाउँपालिका सुनसरी जिल्लाको सदरमुकाम इनरुवादेखि भारतीय सीमासम्म जोडिएको गाउँपालिका हो । ५२.२९ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका सात वटा वडामा विभाजन गरिएको छ । अघिल्लो पटक तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित हुनुभएका हाजी गफार अन्सारी मियाँ २०७९ सालमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष हाजी गफार अन्सारी मियाँसँग गाउँपालिकाका विकास कार्य, सम्भावना र चुनौतीबारे गोरखापत्रका जयकृष्ण यादवले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंको यो दोस्रो कार्यकाल हो । छ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ, गाउँपालिकाको विकासमा के फरक आयो ?

स्थानीय तह सङ्घीय संरचना अनुसार एउटा शक्तिशाली  र  एक  स्वायत्त  निकाय  हो  ।  त्यसै  अनुरूप विकास निर्माण र सेवा प्रवाहलाई सहज बनाउने प्रयास भएको छ । गाउँपालिकामा भएको सीमित स्रोतसाधनलाई सही सदुपयोग गर्दै जनताको असीमित माग, इच्छा, चाहना, आवश्यकता परिपूर्ति गर्नुपर्ने भएकाले आफू निरन्तर रूपमा लागि परेको छु । यो अवधिमा दुई सयभन्दा बढी बाटो निर्माण भएका छन् । हाम्रो गाउँपालिकामा ४५ किलोमिटर बाटो कालोपत्रे भएको छ । गाउँ गाउँ टोल टोलमा सवारीसाधन पुग्ने अवस्था भएको छ । विद्यालयको स्तरोन्नति भएको छ, क्याम्पस सञ्चालन भएको छ, स्वास्थ्य संस्था वडा वडामा पुगेको छ । १८ वटा कालोपत्रे सडक, छ वटा कल्भर्ट, पाँच वटा वडामा प्रशासनिक भवन, पाँच वटा स्वास्थ्य भवन, छ वटा मन्दिर र मस्जिद निर्माण भएका छन् ।

यो गाउँपालिका शिक्षामा निकै पछाडि छ । शिक्षातर्फ के के सुधार आए ?

हाम्रो  गाउँपालिकाका  सात  वडामध्ये  सबैमा  विद्यालय भए पनि तीन वटा वडामा मात्रै माध्यमिक तहको पढाइ हुन्थ्यो । अरू दुई वडा कक्षा आठसम्म पढाइ  भइरहेको  थियो  ।  अहिले  दुई  वटा  वडामा  प्राविधिक धारसहितको कक्षा १२ सम्म पढाइ हुन्छ । मदरसासहित  गरेर  सामान्यतर्फ  कक्षा  १२  सम्मका  विद्यालय चार वटा वडामा छन् । २०७९ सालदेखि हरिनगरा बहुमुखी क्याम्पस सञ्चालनमा ल्यायौँ । शिक्षा शास्त्र र व्यवस्थापन शास्त्रतर्फको स्नातक तहको पढाइ सुरु भएको छ । अहिले सबै वडामा सामुदायिक तथा संस्थागत गरी माध्यमिक तहको विद्यालय सञ्चालन भइरहेको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयलाई व्रmममा कक्षा आठसम्म स्तरोन्नति गरिएको छ ।

चालु   आर्थिक   वर्षको   बजेट,   नीति   तथा   कार्यव्रmममा विकासका लागि कस्ता कार्यव्रmम अगाडि सार्नुभएको छ ?

हरिनगर गाउँपालिका आन्तरिक आम्दानीका हिसाबले  कमजोर  छ  तर  पनि  शिक्षा,  स्वास्थ्य,  कृषि,  युवा  स्वरोजगार  र  रोजगारी,  पूर्वाधार,  खानेपानीलगायतका    क्षेत्रमा    दीर्घकालीन    योजनासहित कार्यव्रmम अगाडि बढाइएका छन् । कृषिका लागि दीर्घकालीन योजना बनाइ अगाडि बढ्ने   योजनासहित   कृषिमा   यान्त्रिकीकरण,   व्यावसायीकरण  र  आधुनिकीकरण  गर्ने  भनेर  हामी  लागेका  छौँ  ।  नेपाल  विद्युत्  प्राधिकरण  र  गाउँपालिकाको  साझेदारीमा  विद्युतीय  सिँचाइ  सञ्चालन गर्न लाग्ने आठ करोडमध्ये चार करोड रुपियाँ  गाउँपालिकाले  लगानी  गर्ने  गरी  बजेट  ल्याएका छौँ । धान, गहुँ र मकै काट्ने दाउनी गर्ने मेसिनको व्यवस्था मिलाएको र यसलाई निरन्तरता दिने बजेट, नीति तथा कार्यव्रmममा समेटिएको छ ।

तपाईंले  कृषिमा  बढी  जोड  दिएको  दाबी  गर्दै  आउनुभएको छ । यसका लागि गाउँपालिकाले थप के के गर्दैछ ?

यो  कृषि  पेसामा  आश्रित  जनसङ्ख्या  ९०  प्रतिशत भएको क्षेत्र भएकाले कृषि ग्रामका रूपमा चिनाउने प्रयासमा छौँ । विगतमा पनि धान, गहुँ, मकैसहितको  खाद्यान,  उखु,  जुटसहितको  नगदे  बाली र तरकारी बाली उत्पादन हुने क्षेत्र भए पनि बाटो घाटोको समस्याले बजारसम्म लैजान समस्या थियो, अहिले सहज भएको छ । कृषि उत्पादनलाई वृद्धि एवं बजारीकरण गर्ने, कृषिलाई थप प्रभावकारी बनाउन  अनुदानमा  कृषि  उपकरण,  तालिम  र  भण्डारणका लागि भण्डार निर्माणमा लागेका छौँ ।

स्थानीय तह सङ्घीय संरचना अनुसार एउटा शक्तिशाली र एक स्वायत्त निकाय हो । त्यसै अनुरूप विकास निर्माण र सेवा प्रवाहलाइ सहज बनाउने प्रयास भएको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार