मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार ३० मंगशिर २०८२
नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक

ATN Khabar

सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत रहनु भएका उपाध्याय उपचारकै क्रममा संसारबाट बिदा हुनुभएको हो।

केही वर्षयता सक्रिय राजनीतिबाट अलग रहँदै आउनु भएका उपाध्यायको स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएपछि नियमित उपचार र हेरचाह भइरहेको थियो। विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय नेपाली कांग्रेसभित्र अनुभवी, निष्ठावान् र सम्मानित नेताका रूपमा परिचित हुनुहुन्थ्यो।

राजनीतिक जीवनका विभिन्न चरणमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उहाँले पार्टी संगठन सुदृढीकरण तथा देशको राजनीतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको निधनको खबरसँगै नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदानको उच्च सम्मानसहित स्मरण गरेका छन्।

उपाध्यायको अवसानले नेपाली कांग्रेस मात्र होइन, समग्र राजनीतिक क्षेत्रले पनि एक अनुभवी र समर्पित व्यक्तित्व गुमाएको महसुस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार