मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १२ कार्तिक २०८२
जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ

ATN Khabar

काठमाडाैं । भिक्टर कन्ट्रोल (काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष) ले पनि सुन्नुस्, किलो वान (काठमाडौं प्रहरी परिसर प्रमुख, एसएसपी) सरले पनि सुन्नुस्, किलो फोर (काठमाडौं प्रहरी परिसरका डीएसपी) सरले पनि सुन्नुस्, पिटर वान (प्रहरी महानिरीक्षक) सरले पनि सुन्नुस्, हाम्रा पुलिसका हाकिम सबैले सुन्नुस् । हामी मर्ने अवस्थामा छौं । तपाईंहरूले हामीलाई रेस्क्यु गर्नुभएन । हाम्रो अन्तिम आवाज सुन्नुस् सेटबाट । हामी ४०–५० जना छौं ।

तपाईंहरू आफू र अरू मात्रै सुरक्षित हुनुस् । हामी मर्ने अवस्थामा छौं । पाँच मिनेटभित्र मर्ने अवस्थामा छौं । हाम्रो अन्तिम स्वर सुनाइदिनुस् । ए साथी हो, भनौं सबैले । (सामूहिक आवाज– हामी मर्ने अवस्थामा छौं…)’

२४ भदौका दिन महाराजगन्जमा प्रहरी मारिन थालेको भन्दै असई होमबहादुर विक सञ्चार सेटमा गुहार माग्दै थिए । आत्तिएका उनी रुँदै र झोक्किँदै पनि थिए । त्यतिबेला प्रहरीमाथि हमला भइरहेको थियो । महाराजगन्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या हुन पुग्यो । उता कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङ पनि प्रदर्शनकारीबाट मारिए । यी घटनामा संलग्न केही पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जका असई राय र जवान थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुर घर भई चन्द्रागिरि बस्दै आएका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङ, धुम्बाराही बस्दै आएका ६२ वर्षीय होमप्रसाद पौडेल र ललितपुर–८, बालकुमारी बस्ने २८ वर्षीय टीकाराम विक पक्राउ परेका छन् । उनीहरूविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दायर भएको छ ।

‘कल डिटेल रेकर्ड (सीडीआर)’ अनुसार युवराज बिहान ६:४७ बजे विशालनगर क्षेत्रमा सक्रिय थिए । उनी ८:५४ देखि १०:१५ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, बिहान ११:३७ मा उत्तर ढोका, दिउँसो १२:१५ देखि ५:२६ बजेसम्म कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोपाल चोक वरिपरि देखिन्छन् । प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्विकारेका छन् ।

पौडेलले पनि काठको चिर्पटले हिर्काएको स्विकारेका छन् । थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपर मार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगालगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको थियो ।

गम्भीर घाइते बनाएपछि समेत ‘अपमानजनक’ व्यवहार गरिएको थियो । सञ्चार सेटमा गुहार माग्ने असई विकसहितका घाइते अन्य प्रहरीलाई भने सेनाको हेलिकोप्टरबाट उद्धार गरी नेपाल प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरी हत्यामा संलग्न नौ जनामध्ये चार जना पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । ‘बाँकी पाँच जनालाई हिरासतमा राखेर अझै अनुसन्धान गरिरहेका छौं,’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार