मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार १ वैशाख २०८०
एस्पायर कलेजमा नवबर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान

ATN khabar
बिराटनगर १४ स्थित एस्पायर कलेजमा नवबर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगर १४ स्थित एस्पायर कलेजमा नवबर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा बिद्यार्थीले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । सुगन्ध रेग्मी लगायतको ब्यान्डले उत्कृष्ट गायन प्रस्तुत गरेको थियो । 

कार्यक्रममा अर्बिन्द नायकले विभिन्न गितहरुलाई सुसेली का माध्यम बाट गित प्रस्तुत गरेर सुनाएका थिए । त्यस्तै सन्तोष नेम्वाङले कविता बाचन गरेका थिए ।त्यस्तै अस्मित खवास , विभिन्न पौडेल र आशिष् तिवारीको टिम द्वारा गायन प्रस्तुत गरिएको थियो । गौरब दाहालको कविताले माहोललाई मन्त्र मुग्ध पारेको थियो । स्वेता हास्दाको सास्कृतिक नृत्यले क्याम्पस परिवार रमाएको थियो । 

लिजा खतिवडा , सीता ढकाल , मिरा परियार ,शितल तामाङको समुहले सास्कृतिक नृत्य तामाङ सेलो प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो भने कार्यक्रमको संचालन सुलभ निरौला र रेबिसा राणाले  गरेका थिए भने कार्यक्रमको म्यानेजरका रुपमा प्रनिशा पौडेल लगायत टिमले कार्यक्रम सम्पन्न गराउन भुमिका खेलेको थियो । 

कार्यक्रममा शुभकामना राख्दै कलेजका ब्याचलर इन टेक्निकल एजुकेशन (आइ टि ) तर्फका को -अर्डिनेटर खेमनाथ खतिवडाले सुन्दर भबिस्यका लागि सुनिश्चित योजना बनाइ अघि बढ्न नयाँ बर्षले प्रेरणा दिने बिश्वास व्यक्त गर्नु भयो । 

त्यस्तै होटल म्यानेजमेन्टका कोअर्डिनेटर शुभम भट्टराईले  नयाँ बर्षले नया उमंगका साथ कार्य गर्न सघाउ पुर्याओस भन्ने  शुभकामना ब्यक्त गर्नु भयो । 

त्यस्तै कलेजका प्रमुख चिन्तामणि बस्नेतले बिद्यार्थीहरुले आफ्ना मौलिक चाडहरुलाई जगेर्ना गर्न आफै अघि बढ्न यस किसिमका कार्यक्रम गर्दा  सघाउ पुर्याउने र बिद्यार्थीले  आयोजना गरेको कार्यक्रम उत्कृष्ट रहेको बताउदै  सकारात्मक सोच र उर्जाले नयाँ बर्ष मा नयाँ योजनाका  साथ अघि बढ्नेमा प्रतिबद्ध रह्दै बिद्यार्थी, शिक्षक ,अभिभावक बोर्ड अफ डाइरेक्टर   लगायत सबै लाई शुभकामना ब्यक्त गर्नु भयो ।,

प्रतिक्रिया

सम्बन्धित समाचार