मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार २१ मंगशिर २०७९
नेपाली किसान दोहोरो मारमा : मलखाद पाउन निकै सास्ती

ATN khabar
सुनसरी । नेपाली किसानहरु गेहुँ र मकै खेती गर्नका लागि मलखादको समस्याले दोहोरो मारमा परेका छन् ।

सुनसरी । नेपाली किसानहरु गेहुँ र मकै खेती गर्नका लागि मलखादको समस्याले दोहोरो मारमा परेका छन् । 

गेहँु तथा मकै बाली लगाउने समय बित्नै लाग्दा पनि सम्बन्धित निकायबाट मलखाद उपलब्ध नभए पछि सुनसरीका किसानहरु ठुलो मार्कामा परेका छन् । चोरी पैठारी भई भारतबाट भित्रिने मलखाद पनि नेपाल तर्फका सुरक्षाकर्मीहरुले पक्रन थाले पछि अहिले सुनसरीका किसानहरुले खेत बाँझो राख्नु पर्ने अवस्था सृजना भएको किसानहरु बताउँछन् । मन्सिरको पहिलो साता गेहुँ छर्ने उपयुक्त समय भएता पनि मन्सिर २१ सम्म पनि अहिले सहकारीहरुमा नेपाल सरकारले दिइने अनुदानका मलखाद नआउँदा सुनसरीका किसानहरु चर्को मुल्य तिरेर भारतबाट चोरी लुकाई भित्रिने मलखाद किनेर भए पनि खेती गर्न बाध्य छन् । तथापी नेपाली सुरक्षाकर्मीहरुले मलखाद भित्रयाउनेबाट कमिशन माग्ने नदिए समातेर भन्सार पठाउने गरेको स्थानीयहरु बताउँछन् । मलखादको संकटलाई समयमा समाधान गर्न नसके यसले नेपालमा खाद्यय संकट उत्पन्न भई अर्थतन्त्रमा ठुलो नोक्सान हुने भएकोले नेपाल सरकारले यस तर्फ विशेष ध्यान दिनु पर्ने जानकारहरु बताउँछन् । नेपालमा दुई महिना अगाडी नै मलखाद स्टक भई सकेको जानकारी गराइएता पनि आखिर समयमा मलखाद किसानले किन पाउन सकेका छैनन् ? सोचनीय विषय बनेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार