मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार खेल १८ फाल्गुन २०८०
त्रिकोणात्मक टी-२० सिरिज : नेपालको रोमान्चक जित, नामिबिया तीन रनले पराजित

ATN khabar

काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा नेपालले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै१८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ३७ बलमा एक चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ३१ रन बनाए ।

१८१ रनको लक्ष्य लिएर मैदान उत्रेको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन दिएपछि नेपालले रोमान्चक जित हात पारेको हो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन्को अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जान फ्रिलिङ्कले ३७ रन जोड्दा जेपी कोट्जेले २५ रन बनाए । यस्तै जेन ग्रिनले २३ रनमा अविजित रहँदा  माइकल भान लिङ्गेनले १० र रुबेन ट्रम्पलम्यानले १४ रन जोडे ।

नेपालका लागि करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई-दुई विकेट लिए भने अभिनाश बोहोराको भागमा एक विकेट रह्यो । जितसँगै नेपाल ३ खेलमा दुई अङ्क जोड्दै  अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान दुई अङ्क नै रहेको नामिबिया रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्डसको समान खेलमा चार अङक जोड्दै शीर्ष स्थानमा छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो भने नामिबिया बिहीबार भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।

प्रतिक्रिया