नेपाली कांग्रेसले नेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य तोड्ने तयारी गरेको छ।>
प्रदेश सरकारहरूमा एमालेको भूमिका र व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सातवटै प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णयतर्फ अघि बढेको हो।>
>
कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक भएको छलफलपछि एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालिएको पार्टी स्रोतले जनाएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार अब सातै प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइनेछ।>
यसअघि नै कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई हटाइएको छ। कर्णालीमा एमाले नेतृत्वको सरकार छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सञ्चालनमा छ।>
अब बाँकी प्रदेशहरूमा पनि कांग्रेस–एमालेबीच भएको सत्ता सहकार्य टुट्ने सम्भावना बढेको छ। कांग्रेसले नयाँ राजनीतिक समीकरण बने सरकारमा रहने र सहमति नजुटे सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्ने विकल्पबारे छलफल गरिरहेको जनाएको छ।>
>
सत्ता सहकार्यमा आएको यो दरारले प्रदेश सरकारको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।>
#NepaliCongress #UML #NepaliUpdate #NepaliNewsToday>>