मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

राष्ट्रिय समाचार ४ फाल्गुन २०७९
विराटनगरकी सालु अग्रवाल सिएको नतिजामा बोर्ड प्रथम

ATN khabar
विराटनगरस्थित मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोर्ड प्रथम भएकी छन्।

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा देशैभरीबाट सिए उपाधी प्राप्त गर्ने मध्ये बोर्ड प्रथम भएकी छन्।

मोफसलमा रहेको मेरील्याण्ड करिएर एकेडेमीले डिसेम्वर २०२२ मा संचालित सिए कोर्षको परिक्षाको नतिजामा अग्रवालले स्वर्ण पदक चुम्न सफल भएको दावी कलेजले गरेको छ ।

विगतमा सो एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु सिए यूवराज उप्रेती क्याप टु र क्याप थ्रि तहमा बोर्ड दोश्रो, प्रनशा श्रेष्ठ क्याप टु तहमा बोर्ड प्रथम, अंकित राय क्याप वान तहमा बोर्ड दोस्रो भएका थिए। त्यसैगरी अन्य धेरै विद्यार्थीहरु आइक्यान बोर्डको नतिजामा टप टेन भित्र पर्न सफल भएको कलेजले जनाएको छ ।

कलेजका कार्यक्रम निर्देशक सिए किन्जल पोखरेलका अनुसार यसपटकको परीक्षामा तिनै तहमा कुल ४६ जनाले सिएको विभिन्न तहको परीक्षा उत्तीर्ण गरेका छन् ।

एकेडेमीका अध्यक्ष डा. मोहन कुमार सुवेदी मेरील्याण्ड करिएर एकेडेमीलाई देशकै एउटा नमुना सिए एकेडेमीको रुपमा संचालन गर्दै दक्ष चार्टर्ड एकाउण्टेन्ट(सीए)हरु उत्पादन गरी राज्यलाई टेवा पुर्याउँदै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार