>
सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावट गरेको आरोपमा पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै दाहाललाई निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत कार्य गरेको भन्दै निलम्बन गरिएको जानकारी दिएका छन् । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरीले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।सोही सिफारिसका आधारमा सरकारले दाहाललाई निलम्बन गरेको हो ।>>