मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १५ वैशाख २०८०
सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन् : रवि लामिछाने

ATN khabar
बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

सभामुखले बोल्ने समय दिएपछि सांसद रमेश लेखकले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्बिर आफूसँग भएको जानकारी गराउनुभयो । उहाँले यस सम्बन्धमा छानविन समिति गठन हुने वा सभामुखबाट रुलिङ हुने अपेक्षा गर्नुभयो ।

सांसद प्रेम सुवालले सो विषयबारेमा फरार सूचीमा रहेको अहिलेसम्म किन जानकारी नगराइएको भनी सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले गृहमन्त्री हुने, सरकारमा रहने, फरार व्यक्तिलाई थुन्न नसक्ने अनि सदन अवरुद्ध गर्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले ज्यानमारा अभियोग लागेकालाई चोख्याउन नमिल्ने बताउनुभयो । सांसद हितराज पाण्डेले बिरामीको बहानामा रहेका फरार अभियुक्त कोइरीका बारेमा स्पष्ट रुलिङ गर्न आग्रह गर्नुभयो ।

बैठकमा सभामुख घिमिरेले सांसदले उठाएका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सो विषयमा नेपालको संविधान, प्रचलित कानून र संसद् नियमावलीअनुसार हुने बताउनुभयो । बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार