मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

साहित्यकार बरालको चौथो कृति ‘प्रतीकवाद’ विमोचन

ATN khabar
विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो ।

विराटनगर / साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ ।

विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ  साहित्यकार दधिराज सुवेदी चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाउने, साहित्यकार मेदिनीप्रसाद शर्मा नेपाल, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । 

साहित्यकार रामबाबु दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कविता केशरीले लेखक बरालको परिचय प्रस्तुत गरिन् । विमोचित कृतिका विषयमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी र समालोचक डा. टुनराज भट्टराईले समीक्षा गरे । 

सो अवसरमा कवि भूषण ढुंगेल, हरि कट्टेल, भरत गुरागाईं, शिवनारायण पण्डित ‘सिंगल’ मीनकुमार नवोदित, रामसगार अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार