सुनसरी मा दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउदा एक युवकको मृत्यु । भने ८ प्रहरीसहित १६ घाइते भएका छन् ।>
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवादलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गाेलि चलाएको थियो।>
>
विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।>
गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएकोमा आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।>
सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले हो ।>
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।>
घटनामा घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेकोमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।>
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।>
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते हुनेमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।>
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव घाइते भएको जनाइएको छ ।>
साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जान डिजे बजाउँदै जाने तयारी गरिरहेको युवाहरूको एउटा समूह र त्यसको विरोधमा उभिएको अर्को पक्षबीच भएको विवादले उग्ररुप लिँदा सो घटना हुन गएको हो ।>
त्यसक्रममा दुवै पक्ष आक्रमण, आगजनी र तोडफोडमा उत्रेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल तथा सवारी साधनहरूमा तोडफोड र आगजनी भइरहेको थियो ।>
स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको थियो ।>>
>>