मुख्य समाचार
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध |

स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग

ATN Khabar

अजितकुमार झा

इनरुवा(सुनसरी), ३१ असार । कोशी प्रदेश सरकारको निर्णय बमोजिम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरका कर्मचारीले स्थानीय उत्पादनबाट निर्मित पोसाक लगाउन सुरु गरेका छन् ।

कोशी प्रदेश भित्र उत्पादित ढाका, अल्लो, खाँडी लगायतका घरेलु तथा परम्परागत कपडाको उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मन्त्रालयले यो नियम कार्यान्वयनमा ल्याएको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मंसुरीले जानकारी दिनुभयो ।

 प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार अबदेखि मन्त्रालयका सम्पूर्ण कर्मचारीले हप्ताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनका कपडाबाट तयार पारिएका कार्यालय पोसाक लगाउनुपर्ने मन्त्री मंसुरीले जानकारी दिनुभयो ।

स्थानीय स्रोत र साधनमा आधारित घरेलु उद्योगको संरक्षण गर्न, स्वदेशी उद्यमीलाई प्रोत्साहित गर्न र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउन यो कदम चालिएको उद्योग, कृषि तथा सहकारी मन्त्री मंसुरीले जानकारी दिनुभयो ।

यस अभियानले कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित रैथाने ढाका र अल्लोका कपडाको माग बढाउने र ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योगको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

यो नियम प्रदेश सरकार मातहतका अन्य मन्त्रालय र बिस्तारै स्थानीयतहमा समेत विस्तार गरिँदै लगिने नीति प्रदेश सरकारले लिएको छ ।––– ढाका र अल्लोको पोसाक प्रयोग

अजितकुमार झा

इनरुवा(सुनसरी), ३१ असार । कोशी प्रदेश सरकारको निर्णय बमोजिम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगरका कर्मचारीले स्थानीय उत्पादनबाट निर्मित पोसाक लगाउन सुरु गरेका छन् ।

कोशी प्रदेश भित्र उत्पादित ढाका, अल्लो, खाँडी लगायतका घरेलु तथा परम्परागत कपडाको उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मन्त्रालयले यो नियम कार्यान्वयनमा ल्याएको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मंसुरीले जानकारी दिनुभयो ।

 प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार अबदेखि मन्त्रालयका सम्पूर्ण कर्मचारीले हप्ताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनका कपडाबाट तयार पारिएका कार्यालय पोसाक लगाउनुपर्ने मन्त्री मंसुरीले जानकारी दिनुभयो ।

स्थानीय स्रोत र साधनमा आधारित घरेलु उद्योगको संरक्षण गर्न, स्वदेशी उद्यमीलाई प्रोत्साहित गर्न र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउन यो कदम चालिएको उद्योग, कृषि तथा सहकारी मन्त्री मंसुरीले जानकारी दिनुभयो ।

यस अभियानले कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित रैथाने ढाका र अल्लोका कपडाको माग बढाउने र ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योगको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

यो नियम प्रदेश सरकार मातहतका अन्य मन्त्रालय र बिस्तारै स्थानीयतहमा समेत विस्तार गरिँदै लगिने नीति प्रदेश सरकारले लिएको छ ।–––

प्रतिक्रिया

सम्बन्धित समाचार