मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

शान्ति सुरक्षा , विपद र सडक दुर्घटना सम्बन्धमा सुरक्षा बैठक सम्पन्न

ATN khabar
बढदो चोरीका घटनाहरु , सुख्खायाममा आगलागि भई धनमालको क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै सडक दुर्घटना न्युनिकरण लाई पनि समन्वयात्मक ढंगले परिचालन गरिने निर्णय गरिएको हो ।

सुनसरी । स्थानीय सरकार हरिनगर गाउँपालिका सुनसरीले पालिका भित्र रहेका सुरक्षा निकायका प्रमुखहरुको बैठक बसी  शान्ति  सुरक्षा ,विपद र सडक दुर्घटना सम्बन्धमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ । 

बढदो चोरीका घटनाहरु , सुख्खायाममा आगलागि भई धनमालको क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै सडक दुर्घटना न्युनिकरण लाई पनि समन्वयात्मक ढंगले परिचालन गरिने निर्णय गरिएको हो । 

अहिले मकै बाली भित्रयाउने बेलामा किसानहरुले सडकमै दाउन्न गर्ने गरेको, सडक पेटिमा नै मकै सुकाउने गरेकाले आवत जावत गर्ने सवारीसाधनहरु चिप्लीएर दुर्घटना हुने गरेकाले सडकमा मकै सुकाउन नदिनका लागि चेतनामूलक कार्यक्रम संचालन गरिने साथै अटेर गर्नेको मकै जफत गर्ने र सडक अवरोध गर्नेलाई मुद्दा समेत चलाउन सम्मको निर्णय गरेको छ । 

यसका साथै अहिले हावाहुरी बतास आउने बेलामा सानो झिल्को आगोले गाउँ बस्ती नै जलाएर सखाप पार्न सक्ने भएकाले आगलागीबाट बच्न र बचाउनका लागि पनि जनस्तरमा माइकिंग गरी जनचेतना बढाउने साथै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधीहरुको संयुक्त टोली बनाई गाउँघरमा निगरानी बढाउने सम्मको निर्णय गरिएको पालिकाका प्रमुख प्रशाकिय अधिकृत तुलाराज थापामगरले जानकारी दिनु भयो । नेपाल भारत खुला सिमाका कारण लागुऔषध कारोबार, लागुऔषध दुव्र्यसनी , राजश्व छली तस्करी लगायत अवैध धन्दाहरु नियन्त्रणका लागि पनि जनता,जनप्रतिनिधि , सुरक्षा निकाय र सरोकारवालाहरुको समन्वयमा प्रभावकारी कदम चालिने निर्णय समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार