मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : आरजु देउवा

ATN khabar
कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन ।’

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरुले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् ।

‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्याममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रिनु खेदजनक छ’, उनले अगाडि भनेकी छन्, ‘तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ। तर नियोजित रुपमा मविरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

उनले हरेकजसो अन्तर्वार्तामा आफूलाई गालीगलौज गरिएको पनि गुनासो गरेकी छन् । ‘हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजित रुपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दूषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आमसञ्चारमाध्यमलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार