मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

भारतबाट अवैध रुपमा भित्रिने कुखुराको मासु र अण्डाको चोरी तस्करी नियन्त्रण गर्न माग

ATN khabar
पोल्ट्री तथा मासु ब्यवसायी संघ सुनसरीले भारतबाट अवैध रुपमा भित्रिने कुखुराको मासु र अण्डाको चोरी तस्करी नियन्त्रण गर्न माग जिल्ला प्रशासन कार्यालय,सुनसरीसँग माँग गर्दै ध्यानार्कषण गराएका छन् ।

सुनसरी  । पोल्ट्री तथा मासु ब्यवसायी संघ सुनसरीले भारतबाट अवैध रुपमा भित्रिने कुखुराको मासु र अण्डाको चोरी तस्करी नियन्त्रण गर्न माग जिल्ला प्रशासन कार्यालय,सुनसरीसँग माँग गर्दै ध्यानार्कषण गराएका छन् । 

सुनसरीका  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानकर्षण पत्र बुझाउँदै संघले भारतको सिमा सँग जोडिएका सुनसरीको घुस्की, सिसुवाधरमपुर र जमुवालगायतका नाकाहरुको प्रयोग गरेर कारोवारीहरुले नेपाल सरकारले आयातमा रोक लगाएको कुखुरा र मासुजन्य सामग्री सामग्रीको तस्करी भएर जिल्लाका मुख्य बजारमा खुलेआम विक्री वितरण भईरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको हो ।

संघले भारतमा वर्डफ्लुको संक्रमण रहेको अवस्थामा यस्ता कारोवारले नेपालमा समेत यो संक्रमण फैलिदा ठूलो क्षति बेहोर्नु पर्ने र यहाँका किसानको यो क्षेत्रमा भईरहेको अर्बौको लगानी जोखिममा पर्ने भन्दै तस्करी नियन्त्रणको लागि आग्रह गरेको हो ।

संघले बुझाएको ध्यानकर्षणपत्रमा पोल्ट्री र मासुजन्य कारोवारलाई अनिवार्य दर्ता गर्नु पर्ने, सीमा क्षेत्रमा खोलिएका पेल्टिफर्ममार्फत तस्करी हुने हुँदा त्यस्तो फर्ममाथि निगरानी राख्नु पर्ने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको प्राथमिकतामा कुखुरा र अण्डाको तस्करीलाई पनि राख्नु पर्ने जस्ता माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार