मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

खेल १९ चैत्र २०८०
थ्रिलिङ म्याचमा नेपाल ए विजयी, सिरिज आयरल्यान्ड्स वुल्भ्सलाई

ATN khabar

आयरल्यान्ड्स वुल्भ्सविरुद्धको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल ए विजयी छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको हाइस्कोरिङ थ्रिलिङ म्याचमा नेपाल ए ३ रनले विजयी भयो।

योसँगै आयरल्यान्ड्स वुल्भ्सले सिरिज ३ खेलको सिरिज २–१ले जितेको छ। यसअघिका दुवै खेल आयरल्यान्ड्स वुल्भ्सले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड्स वुल्भ्सले ७ विकेटको क्षतिमा २१० रन मात्र बनाउन सक्यो। उसका लागि गेराथ डेलनीले ३७ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६८ रन बनाए।

यस्तै, मोर्गन टोपिङले ३७ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ६४ रन बनाए। यी दुईले ५२–४को अवस्थाबाट आयरल्यान्ड्स वुल्भ्सलाई १८१–४को अवस्थामा ल्याउँदै टिमलाई खेलमा फर्काएका थिए।

यी दुई बाहेक रोस अदिरले १४ बलमा ५ चौका र १ छक्का मद्दतमा ३१ रन बनाउँदा फिओन हान्डले ७ बलमा २२ रन बनाए।

बलिङमा नेपालका लागि बिपिन खत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने कमलसिंह ऐरी, नारायण जोशी र रसिद खानले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले एले आरिफ सेखले उत्कृष्ट ब्याटिङमा ७ विकेटको क्षतिमा २१३ रन बनायो। योसँगै सिरिजका तीनै खेलमा पहिला ब्याटिङ गर्ने टिमले २ सय रन कटाएका छन्। यअसघि आयरल्यान्ड्स वुल्भ्सले पहिलो खेलमा २२१ र दोस्रो खेलमा २२४ रन बनाएको थियो।

नेपाल एलाई विशाल योगफल तर्फ लैजाने क्रममा आरिफले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९३ रन बनाए। आरिफको यो टि–२० क्रिकेटको सर्वाधिक स्कोर हो।

आसिफलाई बासिर अहमदले मिडल अर्डरमा र रसिद खान तथा कमलसिंह ऐरीले लोअर अर्डरमा उत्कृष्ट साथ दिए। रसिदले १३ बलमा २४ र कमलले ७ बलमा १९ रन बनाए। नेपालले अन्तिम ३ ओभरमा ६५ रन बनाएको थियो।

यस्तै, बासिर अहमदले १९, पवन सर्राफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

बलिङमा आयरल्यान्ड्स वुल्भ्सका लागि फिओन हान्डले २ तथा लिअम म्याकार्थी, म्याथ्यु फोस्टर, गेराथ डेलनी र गाविन होइले समान १ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित समाचार