मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २१ असार २०८०
नयाँ बन्ने कोशी प्रदेश सरकारमा अल्पसंख्यक मुस्लिम समुदायका डा. इसराइल मन्सुरीलाई समावेश गर्न चौतर्फी दबाब

ATN khabar
नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं. ४ ख बाट निर्वाचित कोशी प्रदेश साँसद इसराइल मन्सुरी एक कुशल ,शिक्षित तथा इमान्दार प्रभावशाली नेता स्थापित भई सकेकाले जनताको अपेक्षा र काँग्रेसको भविष्यका लागि पनि नव गठित हुने प्रदेश मन्त्रि मण्डलमा समावेश गरिनु पर्ने जोडदार माँग उठेको हो ।

ताविल अन्सारी
सुनसरी । सम्भवतः आज बन्ने कोशी प्रदेश सरकारमा अल्पसंख्यक मुस्लिम समुदायबाट डा.इसराइल मन्सुरीलाई मन्त्रिमण्डलमा समावेश गरिनु पर्ने चौतर्फी माँग भई रहेको छ ।
नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं. ४ ख बाट निर्वाचित कोशी प्रदेश साँसद इसराइल मन्सुरी एक कुशल  ,शिक्षित तथा इमान्दार प्रभावशाली नेता स्थापित भई सकेकाले जनताको अपेक्षा र काँग्रेसको भविष्यका लागि पनि नव गठित हुने प्रदेश मन्त्रि मण्डलमा समावेश गरिनु पर्ने जोडदार माँग उठेको हो ।
सुनसरीका सुनसरीका ३ वटामा पराजित भएका नेपाली काँग्रेसले सुनसरी क्षेत्र नं.४को संघिय सभा र प्रदेश सभामा दुई वटै साँसद पद जितेर नेपाली काँग्रेसको शर्मनाक हारलाई इज्जत दिन सफल भएका थिए ।
नेपाली काँग्रेसका लागि सुनसरीमा क्षेत्र नं. ४ ले आफनो वर्चश्प कायम नै राखेकाले पनि हाल संघिय सरकारमा मन्त्रि नभएकाले कम्तिमा अल्पसंख्यकबाट इसराइल मन्सुरीलाई पनि मन्त्रिमण्डलमा समावेश गरी इतिहास कायम गर्नका लागि चौतर्फी आवाज उठि रहेका छन् । कोशी प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा जो नवगठन हुने मन्त्रिमण्डलको नेतृत्व सम्हाल्ने प्राय ः निश्चित नै छ , वहाँको नेतृत्वमा बन्ने मन्त्रिमण्डलमा समावेशिताको हिसाबले पनि मुस्लिम समुदायबाट प्रतिनिधित्व हुनु पर्ने आवाज उठनु स्वभाविक रहेको राजनितिक विश्लेषकहरु बताउँछन् । यति मात्र होइन नेपाली काँग्रेस प्रदेश सभापतिको चुनावमा नेता उद्धव थापालाई जिताउन सुनसरी क्षेत्र नं.४का नेताहरु गफार अन्सारी ,अयुब अन्सारी ,  डा. इसराइल मन्सुरी , डा. अवुल हुसेन अन्सारी , परामन्द मेहता , लगायतले कठिन परिश्रम गर्नु भएको थियो । अस्पतालको बेडबाट एम्बुलेन्समा मतदाता ल्याई मत खसाल्न लगाएका थिए । राती मतदानको अन्तिम समय सम्म मतदाताहरुको घर घरमा सवारी साधन पठाएर ल्याएर मत खसाल्न लगाएका थिए र अन्तमा २मतको अन्तरले थापा विजयी हुनु भएको थियो । स्व. विपि कोइरालाको चुनावी क्षेत्र जहाँ मुस्लिम समुदायको प्रजातन्त्रका लागि ठुलो योग्दान र बलिदान छ वहाँको सम्मान र समानताका लागि पनि डा.इसराइल मन्सुरीलाई कोशी प्रदेशमा बन्न लागेको पहिलो काँग्रेस सरकारमा समावेश गरिनु पर्ने बुद्धिजीवीहरुको भनाई रहेको छ ।

नेपालको ७ वटा प्रदेश सरकार मध्ये ६ वटा प्रदेश सरकारमा नेपाली काँग्रेसले अल्पसंख्यक मुस्लिम समुदायबाट एक जनालाई पनि मन्त्रिमण्डलमा समावेश नगरिएको हुँदा कोशी प्रदेशमा मुस्लिम समुदायको प्रतिनिधित्व गर्नका लागि पनि हाजी इसराइल मन्सुरीलाई समावेश गरिनु पर्ने काँग्रेसबृतमा आवाज उठेको छ । कोशी प्रदेशमा नेपाली काँग्रेसबाट जनताद्धारा निर्वाचित प्रदेश साँसद डा. इसराई मन्सुरी मात्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार