मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार २६ जेठ २०८०
डा. शेखर कोइरालालाई कांग्रेस वरिष्ठ नेताको उपाधि !

ATN khabar
स्मरण रहोस् तत्कालीन सभापति सुशिल कोइरालाले पनि आफूसँगै पराजित देउवालाई पार्टीको वरिष्ठ नेताको उपाधि र दोस्रो वरियता दिएका थिए ।

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेताका रुपमा सभापति शेरबहादुर देउवाले स्वीकार गरेका छन् । २०७८ पुसमा कांग्रेसको चौधौं महाधिवेशनमा देउवा र कोइरालाबीच नेतृत्वका लागि निर्णायक प्रतिष्पर्धा भएको थियो । ४० प्रतिशतभन्दा बढी मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेका कोइरालालाई केन्द्रीय समितिमा पूर्व पदाधिकारीहरु भन्दा पछाडिको वरियतामा राखिएको थियो । कोइराला नेतृत्वको इतर समूहले भने उनलाई तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको वरियता दिन माग गर्दै आएको थियो । इतर समूहका कार्यक्रमहरुमा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले समेत कोइरालालाई वरिष्ठ नेताका रुपमा सम्मान गर्दै आफूभन्दा अगाडि आसन र पछाडि भाषणको प्रबन्ध गर्ने गरेका थिए । यसपटक भने सभापति देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कोइरालाले सम्बोधन गरेका छन् ।

चितवनमा शुक्रबार सुरु भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनको उद्घाटनका लागि सभापति देउवा र वरिष्ठ नेता कोइराला एकै जहाजमा भरतपुर पुगेका थिए । उद्घाटन समारोहमा कोइरालालाई विशिष्ट अतिथिको रुपमा आसन र भाषण गराइएको थियो । कांग्रेसको आन्तरिक राजनीतिमा यसको खास अर्थ रहने नेताहरु बताउँछन् ।

“निकटतम प्रतिस्पर्धीलाई दोस्रो वरियता र वरिष्ठ नेताको उपाधि दिने कांग्रेसको प्रचलन हो । बीचमा केही अलमल रह्यो होला, तर अब शेखर दाई नै पार्टीको वरिष्ठ नेता हो”, शेखरनिकट एक नेताले भने । ती नेताका अनुसार कोइरालालाई शीर्ष औपचारिक रुपमा शीर्ष वरियता दिन देउवा सकरात्मक छन् । आगामि केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त वरिष्ठ नेताको उपमा शेखरलाई दिने सम्भावना रहेको बताइन्छ । यसअघि संस्थापन इतर समूहले वरिष्ठ नेताको सम्मान दिएपनि संस्थापन पक्षका नेता कार्यकर्ताहरु सन्तुष्ट थिएनन् । सभापति देउवाले नै पार्टीभित्र डा.शखेर कोइरालाको उपस्थिति र वरियतालाई स्वीकार गरेपछि अब समस्या नहुने बताइन्छ । सभापति देउवा र वरिष्ठ नेता कोइराला भक्तपुर कांग्रेसको जिल्ला सम्मेलनमा पनि एकै मञ्चमा देखा पर्दैछन् ।

स्मरण रहोस् तत्कालीन सभापति सुशिल कोइरालाले पनि आफूसँगै पराजित देउवालाई पार्टीको वरिष्ठ नेताको उपाधि र दोस्रो वरियता दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार