मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १९ माघ २०७९
बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई कैलाली ल्याइँदै

ATN khabar
बाँकेबाट पक्राउ परेका सांसद अरुण कुमार चौधरीलाई कैलाली ल्याउन थालिएको छ ।

धनगढी । बाँकेबाट पक्राउ परेका सांसद अरुण कुमार चौधरीलाई कैलाली ल्याउन थालिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित सांसद चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरिएको हो ।

उनी लामो समयदेखि ट्याक्टरमा आगजनी मुद्दामा प्रहरीको फरार सूचीमा थिए । सोही मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय सुनाएको थियो । तर उनलाई पक्राउ गरिएको थिएन । पक्राउ परेका चौधरीलाई कैलाली ल्याउन लागिएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी अशोक कुमार सिंहले बताए ।

वि.सं.२०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला गरिएको थियो । अदालतले फैसला गरेपनि यसअघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन । अरुण चौधरी वि.सं. २०७४ सालमा आगजनी भएको ट्याक्टरका सञ्चालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए ।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते बजगाईँले मुद्दा दायर गरेका थिए ।

पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनिती सुरु भएको देख्दा अचम्म लागेको उनको भनाइ छ । आफूसँगै मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने वेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ छ ।

प्रतिक्रिया