मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार ९ वैशाख २०८०
भारत भ्रमण राष्ट्रको हितमा रहन्छ : प्रधानमन्त्री

ATN khabar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू छिट्टै भारत भ्रमणमा जान लागको बताएका छन् ।

प्रधानमन्त्रीले आफ्नो यस कार्यकालको पहिलो विदेश भ्रमण राष्ट्रको हितमा हुने बताए ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘छिटै छिमेकी देशको भ्रमण हुँदैछ । त्यसको तयारी राम्रो गरिएन भने राष्ट्रको हित, स्वार्थ व्यवस्थित तरिकाले राख्न सकिएन भने अफ्ठ्यारो आउनसक्छ । त्यसको हामी तयारीमा छौं ।’

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डो¥याउने प्रयास गरेको तर सफल नभएको बताए । कम्युनिष्टहरूले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए । अहिले कम्युनिष्टहरूको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको उनले बताए ।

उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए । सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्नु अवसर भएको बताउँदै उनले त्यसमा चुनौती पनि रहेको प्रस्ट पारे । कम्युनिष्ट पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनको संस्कृतिलाई जोगाउँदै यसलाई पाँच वर्ष नै टिकाउने बताउँदै उनले यसका लागि सबै तयार रहनुपर्ने धारणा राखे ।

प्रतिक्रिया