मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

हरिनगर गाउँपालिकामा किसानहरुलाई अनुशिक्षण तालिम

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीले वडा तथा गाउँपालिका स्तरीय कृषक समुहलाई एक दिने अनुशिक्षण तालिम दिएको छ ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले वडा तथा गाउँपालिका स्तरीय कृषक समुहलाई एक दिने अनुशिक्षण तालिम दिएको छ । 

हरिनगर गाउँपालिका , कृषि तथा पशु शाखा इकाईको आयोजनामा कृषक समुहहरुलाई कसरी परिचालन गर्ने , किसानहरुको बचत तथा नियमित निर्णय प्रकृया, लेखा परीक्षण, नविकरण र समुहका किसानहरुको विश्वासनीय वातावरण निर्माण लगायत किसानहरुको समस्या निरुपण सम्बन्धि अनुशिक्षण दिएको हो ।

सो अवसरमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी मियाँले हरिनगर गाउँपालिका सुनसरीलाई नमुना कृषि गाउँपालिकाको रुपमा कृषि क्रान्ति गर्नु पर्ने बताउँदै अगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिमा कुल बजेटको ७० देखि ८० प्रतिशत बजेट रकम छुट्याउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथै किसानहरुलाई कृषि औजार प्रयोग देखि मलखाद , विउबिजन , विद्युतिय प्रणालीबाट सिँचाई लगायतमा अनुदान दिई किसानहरुलाई कृषिमा आत्मनिर्भर , युवाहरुलाई कृषिमा अग्रसरता ल्याउने बृहत् योजना रहेको बताउनु भयो ।

सोही अवसरमा पालिका उपाध्यक्ष रिमझिम भगतले किसानहरुका लागि सहज बातावरण निर्माण गरि हरिनगर गाउँपालिकालाई कृषिमा आमुल परिवर्तन गरि आर्थिक स्तर उकास्न पालिकाको तर्फबाट कुनै कसर बाँकी नराखिने बताउनु भयो । यसै गरि पालिका स्तरीय कृषक समुहका नव निर्वाचित अध्यक्ष शिवहरि श्रेष्ठले किसानको हक हितका लागि किसानहरुसँग हातो माले गर्दै प्राप्त सुझावहरुलाई अनुशरण गरी किसानका हक हितमा हमेशा लागि पर्ने बचनवद्धता जाहेर गर्नु भएको थियो ।

सो अनुशिक्षण कार्यक्रममा कृषि शाखा प्रमुख लक्ष्मी महतो , पशु शाखा प्रमुख मनोज यादव , पालिका प्रशासन प्रमुख रमेश स्वर्णकारले सहजीकरण गरेका थिए । किसानहरु महँगो लागतमा सिँचाई गर्नु परेकाले विद्युतिय प्रणालीबाट सिँचाईमा जोड दिनु पर्ने लगायत किसानहरुको जल्दो बल्दो समस्याहरुबारे पालिका अध्यक्ष समक्ष ध्यानआर्कषण गराइएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार