मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

समाचार शिक्षा १८ फाल्गुन २०८०
हरिनगरमा नवप्रवेशी शिक्षकहरुलाई अभिमुखिकरण

ATN khabar

ताविल अन्सारी
हरिनगर । हरिनगर गाउँपालिका अन्र्तगतका नवप्रवेशी शिक्षकहरु तथा विषयगत विज्ञ विच पेशागत सहयोग, पृष्ठपोषण र सुपरीवेक्षण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । शिक्षा ,युवा तथा खेलकुद शाखा हरिनगरले विद्यालयमा आएका नयाँ शिक्षकहरुका समस्या र समाधानका उपायहरुबारे सहजीकरण र रायसुझाव संकल्नका लागि अभिमुखिकरण गरिएको जनाएको छ ।

गोष्ठीमा शिक्षकहरुलाई कक्षा कोठामा गर्ने प्रस्तुती र तयारी सहित पढाउने शैलीहरु समुदाय र विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, आमा समूह, शिक्षक र कर्मचारी बीचको समन्वयका बारेमा जानकारी दिएको थियो ।

गोष्ठी कार्यक्रममा हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबा ठकुरी रिजाल, अजितकुमार मल्लिक, बालकृष्ण माविका प्रधानाध्यापक मो। नजामुद्धिन अंसारी, जनता माविका प्रधानाध्यापक लिलानाथ सिलवाल सहितकाले अभिमुखिकरण सहितको प्रशिक्षण दिनुभयो ।

शिक्षा शाखा प्रमुख बाबा ठकुरी  रिजालले सबै शिक्षकलाई योजनाबद्ध रूपमा कक्षाकोठामा जान सुझाब दिनुहुदै नेपाल सरकारले तोकेको भन्दा बढी योग्यता भएका अब्बल शिक्षक रहेको विद्यालयहरुले नमुना विद्यालयको रूपमा स्थापित गर्न शिक्षकको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो । गोष्ठीमा शिक्षा शाखाका अजितकुमार मल्लिक, पत्रकार जयकृष्ण यादव, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ हरिनगर अध्यक्ष युवक मुखिया, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार