मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिकामा सडक सिसि टिभि क्यामराको उदघाटन

ATN khabar

ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीबाट सडक सिसिटिभि क्यामराको उदघाटन भएको छ ।
हुलाकी सडकमा बढदो सडक दुर्घटना तथा अपराधिक गतिविधि नियन्त्रणका लागि भुटाहा बजारमा जडान गरिएको सिसिटिभि क्यामराको उदघाटन गरिएको हो ।

हुलाकी सडकमा सवारीहरुको चाप दिन प्रति दिन बढदै गई द्रुत गतिमा सवारी साधन चलाउने , सडक दुर्घटना गरेर फरार हुने , खुला सिमा नाकाका कारण भारत तर्फबाट भारतीय प्लेट नम्बरका गाडीहरुमा आएर चोरी ,तस्करी तथा अपराधिक घटना घटाउने गरेकाले सुनसरीका प्रहरी प्रमुखको विशेष आग्रह र पालिकाको सुरक्षाको लागि पहिलो चरणमा भुटाहाबजारको हुलाकी सडकमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको र सोको नियन्त्रण तथा अनुसन्धानका लागि प्रहरी चौकीलाई जिम्मेवारी दिइएको पालिका अध्यक्ष अन्सारीले बताउनु भयो साथै वहाँले भविष्यमा हरिनगरका ७वटै वडामा सिसिटिभि क्यामरा जडान गरिने समेत जानकारी दिनु भयो । सोही अवसरमा सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले हरिनगर गाउँपालिकाबासीहरुको सुरक्षाका लागि नै सिसिटिभी जडान भएकाले सिसिटिभि क्यामराको सुरक्षाको जिम्मेवारी पनि हरिनगरबासीहरुको रहेको बताउनु भएको छ । साथै टाफिक सचेतनाका साथै लागु औषध दुव्र्यसन रोक्नका लागि पनि हरिनगरबासीहरुको पहल र सहयोगको अपेक्षा गर्दै यस तर्फ सबै जना सचेत हुनु पर्ने बेला आएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार