मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य सुरु हुन्छ : परराष्ट्रमन्त्री

ATN khabar

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको गृहकार्य अघि बढने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार पदभार ग्रहण गर्दै उनले परराष्ट्रमा आफ्नो नियुक्ति प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि पनि हुन सक्ने बताए । ‘भारत भ्रमणको गृहकार्यका लागि पनि म अब छलफल गर्छु । सरकारले मलाई त्यसका लागि पनि जिम्मेवारी लिएको हुन सक्छ । मैले कार्यभार सम्हालेको छु । अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ’, उनले भने ।

उनले अबको प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको पनि बताएक । ‘नेपाल शान्तिपूर्ण मुलुक हो । संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ’, उनले भने, ‘आगामी दिनमा पनि विश्वभरका देशहरु र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ ।’साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने बताए ।

मन्त्री साउदले पहिलो निर्णयका रुपमा दिल्लीस्थित पेरुको राजदूतले नेपाल पनि हेर्ने गरी सहमति दिएका छन् ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आइतबार नै शपथ लिएका हुन् । प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार