सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी कर्मथलो र भोजपुर जन्मथलो भएको बताउनुभएको छ ।>
>
सुनसरीको इनरुवामा दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री कार्कीले सुनसरीलाई समृद्ध बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो ।>
>
नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले सुनसरीको समग्र विकास र समृद्धिका लागि निर्वाचनमा पुनः होमिएको बताउनुभयो ।>
>
मन्त्री कार्कीले निर्वाचनको बेलामा गलत प्रचार प्रसारमा नलाग्न सबैलाई आग्रह गर्नुभयो । चुनाव जिते पनि, नजिते पनि बाँकी जीवन समाज सेवामा समर्पित गर्ने मन्त्री कार्कीको भनाई छ ।>
>
उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित, भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।>
>
नेपाली कांग्रेस सहितको सत्तारुढ गठबन्धनको तर्फबाट सुनसरी–४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनको तर्फबाट जगदीश प्रसाद कुसियैतबीच प्रतिस्पर्धा हुँदैछ ।>>