मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

सबै प्रमाण हुँदा हुँदै जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट रोके ।

ATN khabar

ताविल अन्सारी
सुनसरी । जन्मसिद्द नागरिकका सन्तानलाई नेपाली नागरिकता दिने विद्येयक प्रमाणिकरण भए सँगै जिल्ला प्रशासन कार्यालयहरुबाट नेपाली नागरिकताको प्रमाणपत्र दिन थाले पछि अहिले नागरिकता लिनेहरुको भिड लागेको छ । राती ३ बजे देखि नै लाइनमा बसेर नागरिकता लिनेहरुले सास्तीका बाबजुद नागरिकता लिन आतुर छन् । तर प्रमाण हुँदा हुँदै नागरिकता दिन मिल्दैन भनि फर्काउने गरेकाहरुले अब कुन कानुनबाट नागरिकता लिने हो ? प्रश्न खडा भएको छ ।
यस्तै पीडाबाट हतोत्साहित भएर पत्रकारको माझमा एक भोक्राहा नरसिंह साविक ६ हाल ७ निवासी तुलसी मलाहले पिडा लिएर आइ पुगेका छन् ।

तुलसी मलाहका बुबा लालि मुखिया र आमा सतिया देवी मलाहको जन्मसिद्ध नागरिकता रहेको छ । आमा बुबाको विवाह दर्ता पनि छ , छोरा तुलसी मलाहको जन्मदर्ता र नाता प्रमाणित सहित वडाकार्यालयबाट नागरिकताका लागि सिफारिश भई गएको छ । मतदाता परिचय पत्र पनि आमा बुबा दुवटैको छ । यहाँ सम्मकी सरसफाई तथा शौचालय पत्र समेत संलग्न राखी नेपाली नागरिकताको प्रमाण पत्रका लागि निवेदन दिदाँ जिल्ला प्रशासन कार्यालय,सुनसरीका कर्मचारीले नागरिकता नपाउने बताएका छन् ।

अब कुन कानुन र विद्येयक बाट तुलसी मलाह जस्ता अरु पात्रहरुले नागरिकता पाउने हो यस सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उमेर हद नमिलेकाले हाल तुलसी मलाहको नागरिकता रोकिएको हो , नागरिकता विद्येयक कानुनको पूर्ण विवरण आइ नसकेकाले तब सम्मका लागि रोकिएको हो , कार्यविधि पूर्ण रुपमा आई सके पछि वहाँले पाउने बताउनु भयो । यस्तै वहाँले बाहिर एजेन्टहरुलाई पूर्ण बन्देज गरेका छौं यदि कसैले त्यस्तो गरिएको रहेछ भने सप्रमाण भेटिए कानुनी कारबाहि गरिने समेत बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार