>
>
हरिनगर । हरिनगर गाउँपालिका सुनसरीले पालिका भित्र अत्यधिक ध्वनी प्रदुषण गरिने डिजे बाजा प्रति पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
हरिनगर गाउँपालिका अन्र्तगत हुने विभिन्न कार्यक्रमहरुमा ठुलो स्वरमा बाजा तथा डिजे बजाउने कार्यले ध्वनी प्रदुषण हुनुको साथै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष रुपले नकारात्मक असर पर्ने भएको हुँदा ठुलो स्वरका बाजा तथा डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्ध गरिएको हो । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अन्सारी मियाँद्धारा हस्ताक्षरित जारी सूचनामा जारी सूचनाको उल्घंन गरिए कानुन बमोजिम कारवाही हुने जानकारी गराइएको छ ।>
> >>