मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

तत्काल विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

ATN khabar

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकमा संसद्मा प्रस्तुत गरिने आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आइतबार (भोलि)देखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

संसद् बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले बताए । उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा समेत छलफल भएको जानकारी दिए ।

“सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक थियो, भोलिबाट संघीय संसद्को बैठक चल्दै छ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा छलफल भयो । भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो,” उनले भने, “अब व्यवस्थित रूपमा भोलि सदन सुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यकता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भयो ।”

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । उनले बैठकमा संसद्का विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार