मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

अन्तरसंचार २८ वैशाख २०८०
पाकिस्तानमा हिंसा चर्किदै – ८ जनाको मृत्यु, कयौं घाइते

ATN khabar
तेहरिक ए इन्साफ पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेशीलाई पनि पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शाह महमुद कुरेशी पाकिस्तानका पूर्व विदेश मन्त्री पनि हुन् । खान पक्राउ परेपछि कुरेशीले आफ्ना समर्थकलाई प्रदर्शनमा ओर्लन सार्वजनिक आव्हान गरेका थिए ।

काठमाडौँ ।  मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किएको छ ।

खानको गिरफ्तारीपछि भड्किएको हिंसामा  अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खानलाई भ्रष्टाचार गरेको आरोपमा गत मंगलबार पक्राउ गरिएको हो ।

प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार राति देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले हिंसात्मक प्रदर्शनमा नगर्न र सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने कडा चेतावनी दिएका छन् ।

उनले हिंसात्मक प्रदर्शन गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् । खान पक्राउ परेपछि उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफका अन्य नेताहरूमाथि पनि धरपकड सुरु भएको समाचारमा जनाइएको छ ।

तेहरिक ए इन्साफ पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेशीलाई पनि पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शाह महमुद कुरेशी पाकिस्तानका पूर्व विदेश मन्त्री पनि हुन् । खान पक्राउ परेपछि कुरेशीले आफ्ना समर्थकलाई प्रदर्शनमा ओर्लन सार्वजनिक आव्हान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार