>
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई ठूलो धक्का लागेको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेले नै पार्टी छाड्नु भएको छ ।>
नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला मंगलबार बसेको समाजवादीको सचिवालयको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो। एक महिना अघिदेखि नै उहाँले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो।>
अध्यक्ष माधव नेपालसमेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।>
एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष न्यौपाने एमालेमै फर्कने चर्चा रहेको छ । एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्बिरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भन्नुभएको थियो ।>
तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बन्नुभएको थियो ।>
दुवै जना नेताले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन ब्यूताएर नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनबिरुद्ध अभियान छेडेकोले सो कामलाई सहमति जनाउन नसकिने बताउनु भएको छ ।>
सोही कारण यो पार्टीमा हामी रहन सक्दैनौं हामी अलक हुन्छौ भनेर दिएको राजीनामा स्वीकृत भएको हो ।>
>>