>
ताविल अन्सारी
सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले १४औं राष्टपति रनिंग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिने भएको छ । ६ वर्ष देखि १४ वर्ष माथिका बालबालिकाहरुलाई एथलेटिक्स हाई जम्प , लंग जम्प लगायतका खेलकुुद प्रतियोगिता गराउन लागिएको हो । यहि माघ ५ गते श्री बासुकीनाथ शिव मन्दिर छेउ देखि विहान ८ बजे सो प्रतियोगिताको उदघाटन हुन शिक्षा तथा युवा खेलकुद शाखा हरिनगरले जनाएको छ । >
>>