हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका अन्तर्गत भुटाहा–घुस्की सडक खण्ड लामो समयदेखि मर्मत तथा पुनर्निर्माण नहुँदा स्थानीयवासीहरू आन्दोलित भएका छन्।
सडकको दयनीय अवस्था लामो समय देखि स्थानीयहरु धूलोको सिकार बन्दै भएपश्चात र समस्या निरन्तर बढ्दै गएपछि वडा तथा आसपास क्षेत्रका स्थानीयहरूले चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका हुन्।
स्थानियहरुका अनुसार बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि सडक मर्मतका काम नहुँदा आवतजावतदेखि व्यवसायिक क्रियाकलापसमेत प्रभावित बनेका छन्। स्थानीयहरूले तत्काल सडक निर्माण कार्य सुरु गर्न माग गर्दै संघर्षका कार्यक्रमहरू जारी राख्ने चेतावनी पनि दिएका छन्।
स्थानिय निकाय प्रशासनलेभोलि देखि काम सुचारु गर्ने प्रतिवद्धता व्यक्त छन् ।
गत प्रतिनिधि सभाको चुनावका बेला सो बाटो तत्कालीन साँसद ज्ञानेन्द्र बहादुर कार्कीले शिलन्यास गरेका थिए । तर बजेट अभावका कारण ३ वर्ष बित्नै लाग्दा पनि सो बाटोको काम रोकिएको छ । स्थानीय सरकार हरिनगर गाउँपालिकाले ठेक्का लगाएको सो सडक सडक विभाग अन्र्तगत रहेको भनि प्रदेश सरकारले स्थानीय सरकारबाट हस्तान्तरण गरेको पनि २ वर्ष बित्न लाग्दा काम सुचारु नहुनु दुःखद हो । काम गर्न नसक्ने प्रदेश सरकारको लापरवाहीका कारण स्थानियहरु वर्षायाममा हिलो र हिउँदमा धुलो खेप्नु परेको स्थिति छ ।
>>
भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत
प्रतिक्रिया
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३