>
हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको कार्यपालिकाको बैठकले हरिनगर भित्रका तीन पाङ्ग्रे( इ–रिक्सा)हरुको व्यवस्थापन गर्नका लागि कार्यविधि स्वीकृत गरेको छ । >
स्वीकृत तीन पाङ्ग्रे( इ–रिक्सा)सम्बन्धी कार्यविधि २०७९मा दर्ता तथा नामसारी सम्बन्धी व्यवस्था, ई–रिक्सा व्यवस्थापन तथा जाँचपास,ई–रिक्साको विभिन्न दस्तुर तालिका , बिमा सम्बन्धि व्यवस्था, निरीक्षण तथा अनुगमन लगायतका कार्यविधि स्वीकृत गरि ई–रिक्साहरुको व्यवस्थापन गर्न लागिएको हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले जानकारी दिनु भयो । >
यसै गरि पालिकाको कार्यपालिका बैठकले गाउँ प्रहरी ऐन पहिलो संसोधन गरी पहिला उमेर हद ३० वर्ष रहेकोमा अहिले ३५ वर्ष ऐनमा संशोधन गरेको छ । साथै आ.व. २०७९/८० को पहिलो चौमासिक विकासबारे समिक्षा समेत गरेको पालिकाले जनाएको छ । >
>
>
>>
Khurshid