मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

२४ उद्योगलाई भारतबाट ३० हजार मेट्रिकटन गहुँ आयात गर्न अनुमति

ATN khabar
५ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिकटनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबै भन्दा धेरै मैदा आयातको अनुमति रुपन्देहीको घराना फुड्सले पाएको छ । यो उद्योगले २ हजार ३७५ मेट्रिकटन गहुँ आयातको कोटा पाएको छ । यस्तै सबै भन्दा कम गहुँको कोटा जय श्री फ्लोर मिल्स रुपन्देहीले पाएको मन्त्रालयले जनाएको छ । यो उद्योगले जम्मा ८२ मेट्रिकटन गहुँ आयातको अनुमति पाएको छ ।

बाँकी रहेको २० हजार मेट्रिकटन कोटाको गहुँ आयातका लागि थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा माग भएर आएका सबै उद्योगलाई दामासाही भाग लगाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ । आयात अनुमति सिफारिस भएको उद्योगहरुले आगामी चैत दोस्रो सातासम्म ती गहुँ आयात गरिसक्नु पर्ने छ ।

रुस युक्रेन युद्धका कारण विश्व आपूर्ति शृखंला बिग्रिए पछि गत जेठमा सम्भावित भोकमरीको आंकलन गर्दै भारतले खाद्य वस्तु निर्यातमा रोक लगाउन सुरु गरेको थियो ।

सोहीअनुसार भारतले जेठमा गहुँ निर्यातमा रोक लगाएको थियो । गहुँको आयात रोकिए पछि नेपाली मैदा उद्योगहरु मारमा परेपछि सरकारले भारतलाई गहुँको आयात खोल्न आग्रह गरेपछि भारतले निश्चित परिमाणमा गहुँको कोटा जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार