मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राप्रपालाई नमिलाए कोशीमा मध्यावधि निर्वाचनको खतरा,

ATN khabar

विराटनगर । कोशी प्रदेश प्रमुखले असार २१ गते बेलुका ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आव्हान गरेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसदवाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले अर्को सरकार गठनको आव्हान गरेका हुन् ।

यसअघि सरकारमा सहभागी दल माओवादी केन्द्रलाई सरकारबाट फिर्ता आउन काँग्रेसले पटकपटक आग्रह गरेको थियो । काँग्रेसकै आग्रहलाई मानेर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो ।

कोशीमा अहिले संघीय गठबन्धनका आधारमा २९ सिटको नेपाली कांग्रेस, सभामुखसहित १३ सिटको नेकपा माओवादी केन्द्र, ४ सिटको नेकपा एकीकृत समाजवादी र १ सिटको जनता समाजवादी पार्टी (जसपा) एक ठाउँमा छन् । यी चार दलसँग सभामुखसहित ४७ मत छ ।

त्यसै गरी, प्रदेशकै सबैभन्दा ठूलो दल एमाले ४० सिट लिएर बसेको छ भने ६ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुकूलताका आधारमा सरकारमा सहभागी हुने अवस्था छ । निर्णायक अवस्थामा सभामुखले मतदान गर्ने अवस्था रहेता पनि बहुमतको आधारमा मुख्यमन्त्री दाबी गर्न गठबन्धन दललाई सङ्कट छ । किनकि, मुख्यमन्त्री दाबी गर्ने क्रममा नै सभामुखलाई सामेल गराउने संवैधानिक प्रावधान छैन ।

पछि, मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा मत विभाजन हुँदा मात्र सभामुखले निर्णायक मतदान गर्न पाउँछन् । यस आधारमा अहिले गठबन्धनसँग ४६ मत मात्र हुन्छ । यो बहुमत होइन । यस्तो अवस्थामा गठबन्धन दलले कोशीमा नयाँ सरकार गठनका लागि राप्रपाको साथ लिनु बाहेक विकल्प छैन । यदि, राप्रपा पनि सरकारमा सहभागी भएको खण्डमा कोशीमा सरकार पनि बन्ने र वर्तमान प्रदेशसभा पूर्ण अवधि रहने बलियो आधार बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार