मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १७ चैत्र २०७९
बीमाको रकम पाउनलोभमा पतिको करेन्ट लगाएर हत्या

ATN khabar
सप्तरीजिल्लाको कञ्चनरुप नगरपालिका–३ मा बीमाको रकम पाउनका लागि आफ्नै पत्तिको करेन्ट लगाएर हत्या गरेको घटना बाहिरीएको छ ।

सप्तरीजिल्लाको कञ्चनरुप नगरपालिका–३ मा बीमाको रकम पाउनका लागि आफ्नै पत्तिको करेन्ट लगाएर हत्या गरेको घटना बाहिरीएको छ । दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न पतिको हत्या गरेको खुलेको छ ।बुधबार ईलाका प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै सो घटना सार्वजनिक गरेको छ ।स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो । अनुसन्धान गर्दा पाँच महिनापछि शिवशंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताए ।प्रहरी नायव उपरीक्षक रायका अनुसार पक्राउ परेकाहरुले दिएको बयान अनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको हो ।उनले भने, ‘शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।’शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।योजनाअनुसार कात्तिक ५ गते शान्तीदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।हत्यापछि कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार