मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न

ATN Khabar

सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभा बजेट पारित गर्दै सम्पन्न भएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष गफार अन्सारीको अध्यक्षतामा हरिनगर गाउँपालिकाको १९औं गाउँसभाबाट बजेट पारित गरि सम्पन्न सम्पन्न भएको हो ।

गाउँ सभा तथा अधिवेशनमा उपाध्यक्ष रिमझिम कुमारी भगतले आर्थिक वर्ष २०८२र०८३ को निति , कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रस्तुत गर्नुभएको आगामी आ।व। २०८२।०८३ का लागि आय तर्फ संघीय सरकार वित्तिय समानिकरण १२ करोड २४ लाख, सशर्त अनुदान २८ करोड ५ लाख, समपुरक अनुदान २ करोड २० लाख, राजश्व बाँडफाँड तर्फ १० करोड ९२ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान १ करोड १६ लाख १६ हजार, सशर्त अनुदान १ करोड ६ लाख ५ हजार, राजश्व बाँडफाड तर्फ सवारी साधन कर ४५ लाख, घर जग्गा रजिष्ट्रेशन ५० लाख, समपुरक अनुदान ९४ लाख र गा।पा। को आन्तरिक श्रोत तर्फ १ करोड १ लाख ७० हजार सहित जम्मा ५८ करोड ५४ लाख २ हजार आय प्रस्ताव गरिएको थियो भने व्यय तर्फ चालू खर्च ४१ करोड ११ लाख र पूँजीगत खर्च १७ करोड ४३ लाख २ हजार गरी जम्मा ५८ करोड ५४ लाख २ हजार व्यय प्रस्ताव गरेको गरिएको थियो ।

चालु आ।व। २०८१।८२ का लागि आय तर्फ संघीय सरकार वित्तिय समानिकरण १२ करोड ६७ लाख, सशर्त अनुदान २३ करोड ९० लाख ५५ हजार, समपुरक अनुदान १ करोड १० लाख, राजश्व बाँडफाँड तर्फ रु १० करोड ६४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ७९ लाख ४८ हजार, सशर्त अनुदान रु ३९ लाख ३३ हजार, राजश्च बाँडफाड सवारी साधन कर ४४ लाख ८८ हजार, घर जग्गा रजिष्ट्रेशन ८० लाख, समपुरक अनुदान १ करोड र गा।पा। को आन्तरिक श्रोत तर्फ अ।ल्या सहित २ करोड ४५ लाख ४६ हजार ८ सय ९७ रुपैया सहित जम्मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैया ७६ पैसा आय प्रस्ताव गरिएको छ भने व्यय तर्फ चालु खर्चमा ३८ करोड ७ लाख ९३ हजार २ सय ५६ रुपैया ७६ पैसा र पुँजिगत तर्फ १६ करोड १२ लाख ७७ हजार ६ सय ४१ रुपैया गरी जम्मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैया ७६ पैसा व्यय प्रस्ताव गरिएकोमा हाल सम्म ४९ करोड ९७ लाख ४८ हजार ६ सय ६४ रुपैया ४८ पैसा आय प्राप्त भएको छ भने व्यय तर्फ चालु खर्चमा २६ करोड ५४ लाख ४३ हजार ७ सय १५ रुपैया ४५ पैसा खर्च भएको जनाएको छ। हाल सम्मको जम्मा खर्चको प्रगति ८६।६६ प्रतिशत रहेको छ। यस आवमा संघीय तथा प्रदेश सरकारबाट बजेट कटौति भएकोले चालु तथा पूँजीगत खर्च लक्ष अनुसार हुन नसकेको जनाएको छ।

सभामा प्रमुख प्रशासकीय अधिकृत रोहणी आचार्य , वडा अध्यक्षहरु , कार्यापालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार