मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

बालेनको कदमबारे मन्त्रिपरिषदको निश्कर्ष: अराजकता निम्त्याउन खोजे, तह लगाउनुपर्छ

ATN khabar
काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठाउन नदिएको विषयमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठाउन नदिएको विषयमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको छ ।

सरकारविरुद्ध महानगरका मेयर बालेन (बालेन्द्र) साहले दिएका अभिव्यक्तिहरुलाई लिएर पनि चर्चा भएको थियो । बैठकमा अधिकांश मन्त्रीले बालेनले अराजकता निम्त्याउन खोजे आरोप लगाए ।

उनलाई साइजमा ल्याउनुपर्छ, संघीय सरकार भनेको संघीय नै हो, यसरी अराजक बन्न तल्ला सरकारलाई दिनुहुन्न एक मन्त्रीले खुलेर नै भने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय तहले फोहोर उठाउने नीतिगत व्यवस्था रहेको बताउनुभयो । यसलाई सबैले पालना गर्नुपर्नेमा मन्त्रिपरिषद्मा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

‘बैठकमा सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठेकोबारे गम्भीर छलफल भयो । यसको समाधानका लागि पहल गर्ने तथा नीतिगत व्यवस्था पालना गर्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने कुरा भएको छ’, उहाँले सञ्चारकर्मीसँग भन्नुभयो ।

बालेनका अभिव्यक्तिहरु अराजकतातर्फ केन्द्रित रहेको विषयमा समेत बैठकमा छलफल भएको शर्माले बताउनुभयो । ‘या त नीतिगत परिवर्तन हुनुपर्छ वा भएको व्यवस्था पालना हुनुपर्छ भन्ने छलफल भएको छ’, उहाँले भन्नुभयो, ‘नत्र त्यसरी बोल्न मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार