मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

ओलीकाे चुनाैती – ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर

ATN khabar
तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काेही सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम खारेज नहुने ओलीले बताए ।

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  दुई तिहाइ ल्याएर काेशी नाम संशोधन गर्न चुनौती दिएका छन्।

तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काेही सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम  खारेज नहुने ओलीले  बताए ।

‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ ओलीले भने ।

प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।

सोही कार्यक्रममा बोल्दै ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे ।

कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उनको दाबी थियो ।

‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झन्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन,’ उनले भने । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झन्डा देखाएका थिए ।

उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।

आठराईमा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानीको शिलान्यास कार्यक्रममा पनि प्रमुख अतिथिको आसनबाट बोलिरहँदा आन्दोलनकारी भने पृष्ठभूमिमा ‘केपी ओली मुर्दावाद, सुवाष नेम्वाङ मुर्दावाद’ भन्दै नारा लगाइरहेका थिए ।

एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन्।

शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न पुगेका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओली मुर्दाबावाद भन्दै अवरोध सिर्जना गर्न खोजेका थिए ।

विरोधका बाबजुद ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराई गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरे ।

ओली खानेपानी आयोजना शिलान्यास स्थल आइपुग्नु पूर्वदेखि नै कालो झन्डा देखाउँदै नाराबाजी गरिरहेका पहिचान पक्षधरको प्रतिरोधमा एमालेका कार्यकर्ताले नारा लगाउन थालेपछि व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

विरोधसभाको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले एमाले, कांग्रेस र माओवादीले जबर्जस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रेको बताए । पहिचान पक्षधरको आन्दोलन कुनै दल विशेष नभएको पनि लिङ्देनले स्पष्ट पारे ।

पहिचानवादीले ओलीसँगै रहेका एमाले उपाध्यक्ष तथा सुवाष नेम्वाङविरुद्व ‘वंश गद्दार सुवाष नेम्वाङ मुर्दावाद’ भन्दै नारा लगाएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार