विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कोसी प्रदेश सरकारले हाफ म्याराथन दौड प्रतियोगिता गराएको छ ।>
कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले शनिबार विहान विराटनगरको सीमावर्ती क्षेत्रमा रहेको विराटराजाको दरबार क्षेत्रदेखि सुनसरीको पर्यटकीय क्षेत्र बर्जुतालसम्म हाफ म्याराथन गराएको हो ।>
उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले
उद्घाटन गर्नुभएको थियो । उद्धघाटन कार्यक्रममा कोशी प्रदेशका सासद अमृत
अर्याल नेपाल सेना, नेपाल प्रहरी र सशस्त्रका प्रमुखहरुको समेत सहभागिता
रहेको थियो ।
हाप म्याराथनमा महिलालाई रानी भेडियारीदेखी मलाय रोड सम्म ५ किलोमिटर
म्याराथन दौड गराइएको थियो । म्याराथनमा कोशी प्रदेशका विभिन्न जिल्ला र
विभागिय टिमहरुको सहभागिता रहेको थियो ।>
>
यसैविच पुरुष तर्फ भाग लिएका खेलाडीहरुले विराटनगरको भेडियारीदेखि बर्जुतालसम्म २३ किलोमिटरको दुरी पार गरे । म्याराथनमा नेपाली सेनाका नरेन्द्रसिंह रावल प्रथम भए । उनले २३ किमी १ घण्टा १७ मिनेट २८ सेकेन्डमा पार गरेर नगद १ लाख पुरस्कार प्राप्त गरे।>
त्यस्तै नेपाली सेना कै कुमार शाहीले १ घण्टा १८ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेर ७५ हजार हात पार्दा बैतडीका म्याराथन धावक मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दुरी पार गरेर तेस्रो स्थान हासिल गर्दै ५० हजार नगद प्राप्त गरे ।>
त्यसैगरी, नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गरेर नगद १५ हजार सानत्वना पुरस्कार प्राप्त गरे ।>>