मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार ८ भाद्र २०८१
बस दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकको शव भारत लगियो

ATN khabar

 हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताउनुभयो । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारतको भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आउनुभएको थियो ।

काठमाण्डौ ओर्लिएलगत्तै उहाँ त्रीबी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुग्नुभएको थियो । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबार पुगेर गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ ।

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको छ । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रीसँगको भेटपछि राज्यमन्त्री खड्से चितवन पुगेर २५ जनाको शवसहित भारतीय वायुसेवाको विमानबाट भारत जानुभएको छ । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार