मुख्य समाचार
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका | प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस | जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ | के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न |

राष्ट्रिय समाचार ८ भाद्र २०८१
बस दुर्घटनामा ज्यान गुमाएका भारतीय नागरिकको शव भारत लगियो

ATN khabar

 हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताउनुभयो । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारतको भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आउनुभएको थियो ।

काठमाण्डौ ओर्लिएलगत्तै उहाँ त्रीबी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुग्नुभएको थियो । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबार पुगेर गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ ।

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको छ । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रीसँगको भेटपछि राज्यमन्त्री खड्से चितवन पुगेर २५ जनाको शवसहित भारतीय वायुसेवाको विमानबाट भारत जानुभएको छ । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार