मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार ८ चैत्र २०७९
हरिनगर गाउँपालिकाद्धारा एमबिबिएस प्रवेश परीक्षामा महिला तर्फ प्रथम भएकी आदिति कुमारी जैनलाई रु.पचिस हजार नगद सहित भव्य सम्मान

ATN khabar
हरिनगर गाउँपालिकाद्धारा एमबिबिएस प्रवेश परीक्षामा महिला तर्फ प्रथम भएकी आदिति कुमारी जैनलाई रु.पचिस हजार नगद सहित भव्य सम्मान

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले एमबिबिएस प्रवेश परीक्षा २०७९मा नेपाल भरि चौथो र महिला तर्फ प्रथम स्थानमा नाम निकाल्न सफल भएकी हरिनगरकी आदिति जैनलाई भव्यताका साथ सम्मान गरेको छ ।

वहाँकी बुबा अजय जैन र आमालाई पनि सम्मान गरेको छ । उच्च शिक्षामा हौसल्ला प्रदान होस् भनि नगद रु. पचिस हजार नगद सहित दोसल्ला ओढाई सम्मान पत्रका साथ अबिर माला लगाएर सम्मान गरिएको हो । सो अवसरमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले नेपाल भरि नै हरिनगर गाउँपालिकाको मान प्रतिष्ठा बढाउन सफल आथिति जैनले मेडिकल कोर्स पुरा गरि हरिनगरबासीहरुको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नु हुदै उनको पढाइमा हरिनगर गाउँपालिकाले भरपुर सहयोग गर्न तत्पर रहेको जानकारी समेत दिनु भएको थियो । हरिनगर गाउँपालिका र हरिनगरबासीहरुको नाम नेपाल भरि उच्च राख्न सफल भएकी आथिति जैनलाई धन्यवाद दिदै हामी हरिनगरबासी गौरवान्वित भएको बताउनु भयो ।

सो अवसरमा पालिका उपाध्यक्ष रिमझिम भगत, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगाना   र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल  ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर समेतको समुपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार