मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार ७ अशोज २०८०
प्रहरी जवान आधारभुत तालिम १४० औ समुहको दिक्षान्त समारोह सम्पन्न

ATN khabar

बिराटनगर । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

२०७९ साल कार्तिक २० गते देखि संचालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औ समुहको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।  

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भयो । दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने  प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजन तथा आफन्तहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको र अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको हुँदा समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्ने बिश्वास ब्यक्त गर्दै दिक्षित भई जाने प्रहरी जवानहरुलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । दिक्षान्त समारोहमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, दिक्षित हुने प्रशिक्षार्थी प्रहरी जवानहरुका अभिभावक तथा आफन्तहरु, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया