मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

सुनसरीमा जलन अस्पताल निर्माण प्रक्रिया सुरू

ATN khabar
काठमाण्डौं बाहिर पहिलो पटक कोशी प्रदेशमा आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्ट ( फेक्ट नेपाल) बीच सम्झौता भएको हो ।

विराटनगर । आगामी तीन वर्ष भित्रमा सञ्चालन हुनेगरि सुनसरीको इटहरीमा जलन (बर्न) अस्पताल निर्माणको प्रक्रिया सुरू भएको छ ।

काठमाण्डौं बाहिर पहिलो पटक कोशी प्रदेशमा आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्ट ( फेक्ट नेपाल) बीच सम्झौता भएको हो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । ट्रष्टले इटहरी उपमहानगर १८ पकलीस्थित भवानीपुरमा ( फेक्ट नेपाल) ले ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शैया जलन र ५० शैया सामान्य गरी १ सय शैयाको जलन अस्पताल निर्माण गर्न लागिएको हो ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र सो अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ । ४० करोड लागतमा ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो अस्पतालका लागि आवश्यक थप बजेट आगामी आर्थिक वर्षमा दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताउनुभयो । उहाँले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरे बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा भनिएको हो ।

ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालित छ । फेक्ट नेपालका संयोजक कैलाशखाकी श्रेष्ठले काठमाण्डौं बाहिर पहिलो पटक जलन अस्पताल निर्माण शुरु गरिएको बताउनुभयो । उहाँले जलन संवन्धि जनचेतना दिने र आगलागीको घटनामा परेकाहरुको जोखिम हटाउने उद्देश्यले अस्पताल निर्माण शुरु गरिएको बताउनुभयो । उहाँले २४ घण्टा भित्र सेवा नपाएर मृत्यु हुनेहरुको घटना धेरै रहेको उहाँले बताउनुभयो ।

फेक्ट नेपाल नेपालको स्वास्थ्य क्षेत्रमा ३३ वर्षदेखि क्रियाशिल छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार