>
इनरुवा । सुनसरीको इनरुवामा दोश्रो रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।
>
इनरुवा २ स्थित रहेको फुलबारी भलिबल खेल मैदानमा फुलवारी क्रिकेट क्लवको आयोजना तथा इनरुवा
>
नगरपालिकाको सहयोगमा पुस २२ गते शुक्रबार साँझको ८ बजे देखी उक्त प्रतियोगिता हुने भएको हो ।>
>
इनरुवालाई स्थानीय स्तरदेखि राष्ट्रिय स्तरमा समेत खेलकुद शहरको रूपमा चिनाउने गरी कार्यक्रम संचालन गर्नलागेको फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिव कुमार यादवले पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो ।
>
खेलकूद प्रति जनमानसमा सकरात्मक सोच ल्याउने इनरुवा नगरलाई खेलकुदमा पहिचान दिलाउने,राष्ट्रिय स्तरका खेलाडी उत्पादन गराउने,इनरुवा नगरको खेलकुद क्षेत्रलाई विकास गराउने उदेश्य रहेको अध्यक्ष यादवले प्रेस सम्मेलनमा बताउनु भयो ।
>
उक्त प्रतियोगितामा रामधुनी नगरपालिका,दमक नगरपालिका,रंगेली नगरपालिका,सदानन्द नगरपालिका
>
,भरौल नगरपालिका,मधेशा भलिबल टिम,सयपत्रि भलिबल टिम,इनरुवा नगरपालिका,दुहबी नगरपालिका,बराहाक्षेत्र भलिबल टिम,नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी,तरहरा भलिबल टिम सहभागी हुने आयोजकले जनाएको छ ।>>