मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

जलवायु परिवर्तनले पु¥याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ ः कोइराला लण्डन–काठमाडौं सिधा हवाई उडान सुरु गर्न नेता कोइरालाको आग्रह

ATN khabar

विराटनगर / बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् ।
बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको बताए । उनले पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको उल्लेख गरे । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । नेपालमा क्षतिपूर्ति पाउनुपर्ने विषयमा सहयोगका लागि बेलायतसित आग्रह पनि गर्दछु ।’
त्यस्तै कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसित आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । सो अवसरमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडीलगायतको समेत उपस्थिति रहेको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । यसअघि कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसहित सांसद र राजनैतिक दलका नेताहरुसँग लण्डनमा भेटघाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार