मुख्य समाचार
सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका | प्रहरीका ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस | जेन–जी आन्दोलनमा देशभर वितण्डा मचाउने २३७ जना पक्राउ | के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न |

जलवायु परिवर्तनले पु¥याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ ः कोइराला लण्डन–काठमाडौं सिधा हवाई उडान सुरु गर्न नेता कोइरालाको आग्रह

ATN khabar

विराटनगर / बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् ।
बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको बताए । उनले पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको उल्लेख गरे । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । नेपालमा क्षतिपूर्ति पाउनुपर्ने विषयमा सहयोगका लागि बेलायतसित आग्रह पनि गर्दछु ।’
त्यस्तै कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसित आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । सो अवसरमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडीलगायतको समेत उपस्थिति रहेको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । यसअघि कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसहित सांसद र राजनैतिक दलका नेताहरुसँग लण्डनमा भेटघाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार