मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

ATN khabar
प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

बिराटनगर/कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट अवैध लागु औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी-८ स्थित सडक खण्डमा को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेको तथा  प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा  उनिहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

प्रतिक्रिया

सम्बन्धित समाचार